सुनसरी इटहरीको तालतलैया एफसी पाँचौं बुढीगंगा सुकचर च्यालेञ्ज कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा मोरङ सुन्दरहरैँचाको पूूर्वााञ्चल युनाइटेड क्लबलाई ३-२ ले पराजित गर्दै तालतलैया फाइनलमा प्रवेश गरेको हो ।

तालतलैयाको जितमा निस कुमार श्रेष्ठ, बिजय उराउ र सिजल राईले गोल गरे । पूूर्वााञ्चलका लागि उमेश कार्की र शिशिर लेखीले गोल गरे ।

पूूर्वााञ्चलले पहिलो हाफमा २-१ को अग्रता बनाएको थियो । तर, दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा पूूर्वााञ्चल तालतलैयासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

खेलको म्यान अफ दि म्याच तालतलैयाका बिजय उराउ घोषित भए । उनले नगद २१०० सहित ट्रफी प्राप्त गरे ।

अब तालतलैयाले प्रतियोगिताको फाइनल खेलमा असार १८ गते शनिबार झापा दमकको चुलाचुली एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।

नव युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *