काठमाडौं एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ एन्फा लाई कारबाही गर्दै १० हजार अमेरिकी डलर जरिवाना गरेको छ ।
एएफसीको अनुशासन र आचारसंहिता कमिटीले नेपाललाई कारबाही गर्ने निर्णय गरेको हो । त्यस कमिटीको अगस्ट २१ मा बसेको बैठकले एन्फालाई जरिवाना लगाएको हो ।
नेपालले एएफसी फुटसल कप २०२६ को छनोटमा भाग नलिएपछि यो कारबाही गरिएको हो । कमिटीका अनुसार एन्फाले छनोटका खेल सुरु हुन १ सय ६ दिन अगाडि नाम फिर्ता लिएको थियो । एन्फालाई प्रतियोगिताको नियमावाली ६.७ अनुसार कारबाही गरिएको हो ।
कारबाही अनुसार नेपालले १० हजार अमेरिकी जरिवाना यसबारे सूचना दिएको ३० दिनभित्र बुझाउनु पर्नेछ ।
