काठमाडौं । अन्नपूर्ण आरसीटी क्लबले शनिबार आफ्ना तीन विशिष्ट सदस्यलाई सम्मान गरेको छ ।
क्लबको २०औं साधारण सभाका अवसरमा क्लबसँगै नेपाली फुटबलमा पुऱ्याउने भएको योगदानका लागि ज्ञानेन्द्ररत्न तुलाधर, सर्वज्ञरत्न तुलाधर र पूर्व राष्ट्रिय खेलाडी नरेन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरेको हो ।
छ पल्टको सहिद स्मारक लिग ‘ए’ डिभिजन विजेता आरसीटीले आफ्ना वरिष्ठ सदस्यलाई बर्सेनि सम्मान गदै आएको छ ।
साधारण सभामा प्रगति विवरण तथा आगामी कार्यक्रम प्रस्तुत गर्दै क्लब अध्यक्ष राजेश श्रेष्ठले अबको दिनमा अन्नपूर्ण आरसीटी अझ बलियो र शसक्त भएर प्रस्तुत हुने बताए । यस्तै क्लब कोषाध्यक्ष नरेश बैद्यले आर्थिक विवरण पेस गरे ।
