काठमाडौं । भ्याली पब्लिक र केभीकेएसस १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्ड कोर्टमा भ्याली पब्लिकले न्युटनलाई ३५-३० ले पराजित गर्यो । भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडे । केभीकेएसएसले आयोजक ग्रिनल्यान्डलाई १८-१७ ले हरायो ।
केभीकेएससकी पूजा वाइबाले ५ अंक जोडिन् । सिनियर ब्वाइजमा न्युटनले किङडमलाई ५१-४९ तथा टीआईएले हेम्सलाई ४५-४३ ले हराउदै फाइनलमा पुगे । न्युटनका उज्ज्वल श्रेष्ठले २५ तथा टीआईएकी सुजन गुरुङले २७ स्कोर गरे ।
जुनियर ब्वाइजमा गोल्डेनपिकले न्युटनलाई ३१-२३ तथा जेबी स्कुलले एन्जल्स हार्टलाई २७-२५ ले पाखा लगाउदै फाइनल यात्रा तय गरे । न्युटनका फुर्वा शेर्पाले १३ र जेबीका गौरव ओलीले १६ अंक बटुले ।
