काठमाडौं । आयोजक टाइमलाइन र एन्जल लर्ड दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित घरेलु कोर्टमा टाइमलाइनले प्रारम्भलाई २३-२० ले पराजित गर्यो । टाइमलाइनका रेसब श्रेष्ठले ८ अंक जोडे । एन्जल लर्डले यङ हार्ट्सलाई ३९-२९ ले हरायो । एन्जल लर्डका समिर मगरले १७स्कोर गरे ।
सिनियर ब्वाइजमै सर्वनम शिक्षालयले सीसीएसलाई ३३-२८, नेमोरिकले एम्बासडरलाई ४१-३६, काठमाडौं जेभियर्स पब्लिक स्कुलले विद्या आर्जन स्कुलाई ४२-१७, चैतन्यले विट्स एकेडेमीलाई २५-१०, नेरिकले अक्षर एकेडेमीलाई ३०-१६ र बागमती बोर्डिङ स्कुलले मार्वलसलाई ३६-३२ ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे ।
सर्वनमका निग्मा शेर्पाले १५, नेमोनिकका रेनिश लामाले २५, काठमाडौं जेभियर्सका सुवर्ण भुजेलले १२, चैतन्यका विप्लव भाटले ११, नेरिकका आयुब लामाले १५ र बागमतीका आयुश बस्नेतले १६ अंक बटुले ।
