रेडियन्ट पब्लिक विजयी

२०८२, १० भाद्र मंगलवार २१:४९

काठमाडौं । रेडियन्ट पब्लिक ३१ औं ज्ञान कार्निभलअन्तर्गत बास्केटबलको गल्समा मंगलबार विजयी भएको छ । रेडियन्टले रातो बंगलालाई १३-७ ले पराजित गर्यो । रेडियन्टकी सेजल क्षेत्रीले ८ स्कोर गरिन् ।

बास्केटबलको ब्वाइजमा ओएसिस्ले स्वस्तिश्रीलाई २६-२०, हिमालयले रातो बंगलालाई २१-१६, बीडिएसले मल्पीलाई ४४-२२ र आईएमएसले क्रिएटिभलाई ४६-७ ले हराए ।

ओएसिस्का सिद्धान्त राईले १२, हिमालयका रोहन नापितले १३, बीडिएसका साहिल महर्जनले २१ र आईएमएसका सुवर्ण मगरले १२ अंक जोडे ब्वाइज फुटबलमा मल्पीले द एक्सेल्सियर स्कुलाई ५-३ गोलले पराजित गर्यो ।

मल्पीका स्पन्डन खड्काले ४ तथा शिवम्ले १ गोल गरे । एक्सेल्सियरका लियान गुरुङ, साहिलराज थापा र आर्यन गोलले समान १-१ गोल गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *