काठमाडौं । बाल संसार दोश्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । गोकर्णेश्वर नगरपालिका ५, नयाँबस्तीस्थित आयोजक टाइमलाइन स्कुलको कोर्टमा बाल संसारले काठमाडौं जेभियर्स पब्लिक स्कुललाई १०-२ ले पराजित गर्यो ।
बाल संसारकी विविका पोखरेलले ४ अंक जोडिन् । सिनियर गर्ल्समै यङ हार्ट्सले आकाशदीपलाई २७-४ तथा नेमोनिकले आयोजक टाइमलाइनलाई ३२-२७ ले हराउदै क्वाटरफाइनलमा पुगे । यङ हाकी स्तुती श्रेष्ठले १५ तथा नेमोनिककी अस्मिता थापाले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा विट्स एकेडेमीले मनकामनालाई ३४-२३, मार्वलस एकेडेमीले आकाशदीपलाई ५५-२०, क्रिस्टियनले वेभस्कुललाई ३१-१८ र बागमती बोर्डिङ स्कुलले रिलायन्स को-एडलाई ४७-२८ ले पाखा लगाउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
विट्सका आर्यनले १०, मार्वलसका रोशन खुश्वाहाले १०, क्रिस्टियनका कपिल महतले १७ र बागमतीका आयुश बस्नेतले १२ अंक बटुले ।
