स्वर्णिम र रिब्स फाइनलमा

२०८२, ९ भाद्र सोमबार १९:२९

काठमाडौं । स्वर्णिम र रिब्स तेश्रो न्यु जेनिथ कपअन्तर्गत अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गर्ल्समा सोमबार फाइनलमा प्रवेश गरेका छन् । स्वर्णिमले ग्यालेक्सी पब्लिक स्कुललाई ४१-११ ले पराजित गर्यो ।

विजयी टिमका लागि हिसी ल्हामु लामाले २१ अंक जोडिन् । रिब्सले राराहिललाई २७-१७ ले हरायो । विजेताकी लिस्का थापाले १२ स्कोर गरिन् ।

भुरुङखेलस्थित आयोजक न्यु जेनिथको कोर्टमा भइरहेको प्रतियोगिताको ब्वाइजमा ज्ञान निकेतन र कन्स्टिलेसनले उपाधि भिडन्त पक्का गरे । ज्ञान निकेतनले पुष्पसदनलाई ६७-५१ ले पाखा लगायो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले ३३ अंक बटुले ।

कन्स्टिलेसनले ब्राइट होराइजनलाई ६९-५८ ले पन्छायो । कन्स्टिलेसनका रिडम नेपालीले २१ अंक जोडे । न्यु जेनिथ कपअन्तर्गत ब्वाइज फुटसलको ३ उमेरसमूहको प्रतिस्पर्धामा भने यसअघि नै फाइनल समीकरण तयार भइसकेको छ ।

यु-११ मा चेल्सी वर्ल्ड स्कुल र बेसिक लर्निङ तथा यु-१३ मा ब्राइट होराइजन र हार्टल्यान्ड एकेडेमी उपाधिका लागि भिड्ने छन् । यु-१६ को फाइनलमा रिब्सले ग्रिन भिलेजको सामना गर्ने छ । सबै फाइनल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *