काठमाडौं । आयोजक ज्ञानोदय बाल वाटिका माविले ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा आइतबार विजयी शुरूवात गरेको छ । ललितपुरको खोकनास्थित घरेलु मैदानमा ज्ञानोदयले मल्पीलाई ४-१ गोलले पराजित गर्यो
ज्ञानोदयका प्रकाश थापा, आरुस खड्का, जमेश लामा र आहान प्रधानले समान १-१ गोल गरे । मल्पीका स्पन्डन खड्काले सान्त्वाना गोल फर्काए ।
बास्केटबलको ब्वाइजमा रेडियन्ट रिडर्सले ओरेकल एकेडेमीलाई २९-२४ ले हरायो । रेडियन्टका प्रवेश पाण्डेले १० अंक जोडे । गर्ल्समा रिब्सले मल्पी इन्टरनेसनललाई ३६-१५ ले पाखा लगायो । रिब्सकी सुप्रिया मल्लले १३ स्कोर गरिन् ।

प्रतियोगिताको बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल केसीले एक कार्यक्रमबीच उद्घाटन गरिन् । कार्निभलमा ३ खेल समावेश छन् ।
बास्केटबलको ब्वाइजमा २४ तथा गल्समा १२ टिम सहभागी छन्। ब्वाइज फुटबलमा ५ टिमले भाग लिएका छन् । नेटबलमा ४ गल्र्स टिमको सहभागिता रहेको छ ।
