विराटनगरका मनिष तिमल्सिना राष्ट्रिय फुटबल टोलीको
गोलकिपर प्रशिक्षकमा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले गोलकिपर प्रशिक्षकमा मनिष तिमल्सिना र सहायक प्रशिक्षकमा चेतन घिमिरेलाई नियुक्त गरेको हो । एन्फा महासचिव किरण राईले दुबैलाई नियुक्ती पत्र हस्तान्तरण गरे ।

नेपालले जेठ २० गते युएईसँग साउदी अरेबियामा खेल्दैछ । त्यसको पाँच दिनपछि नै यमनसँग खेल्ने तालिका छ । यद्यपि समूह ‘एच’मा रहेको नेपाल चार खेलमा पराजित हुँदै फिफा विश्वकप २०२६ बाट बाहिरिसकेको छ ।
