ज्ञान कार्निभलमा ३ खेल

२०८२, ७ भाद्र शनिबार १८:४५

काठमाडौं । ज्ञानोदय बाल वाटिका माविको आयोजनामा ३१ औं ज्ञान कार्निभल आइतबारदेखि सुरु हुने भएको छ ।

कार्निभलअन्तर्गत ३ खेलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

बास्केटबल, फुटबल र नेटबलको प्रतिस्पर्धा हुनेछ । बास्केटबलको ब्वाइजमा २४ तथा गल्समा १२ टिम सहभागी हुने छन् । ब्वाइज फुटबलमा ५ टिमले खेल्ने छन् । नेटबलमा ४ गल्स टिमको सहभागिता रहने छ

विद्यालय खेलकुदको पुरानो प्रतियोगिता मानिने ज्ञान कार्निभल सन् १९९४ देखि सुरु भएको थियो । प्रतियोगिताका खेलहरु ललितपुरको खोकनास्थित आयोजकको हातामा खेलाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *