एन्फा ग्रास रुट कार्यक्रमको उद्घाटन भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयमा अध्यक्ष पङ्कजविक्रम नेम्बाङ उद्घाटनकै अवसरमा लोगो समेत अनावरण गरियोका छन् ।
कार्यक्रमका लागि टिडिएच र चाइल्ड नेपालसँग सम्झौता पनि भएको ग्रास रुट विभागका प्रमुख पङ्कज शाहीले जानकारी दिए । दुवै संस्थासँग भिन्न भिन्नै सम्झौता पत्रमा हस्ताक्षर भएको हो । टिडिएचका सेभगार्डिङ कोअर्डिनेटर कमल लामा तथा चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगालले हस्ताक्षर गरे ।
कार्यक्रमको अध्यक्षता एन्फाका ग्रास रुट समिति संयोजक मणि चेम्जोङले गरेका थिए । विषयगत क्षेत्रमा सहकार्य गर्दै बालबालिकाको सुरक्षित रूपले फुटबलमा सक्रिय रहने वातावरण सृजना गर्ने कुराका सहकार्य भएको शाहीले बताए ।
३ वर्षे सो कार्यक्रम विश्व फुटबल महासङ्घ (फिफा) को आर्थिक सहयोगमा हुन लागेको हो। ३ वर्षे कार्यक्रम ३९ जिल्लामा सञ्चालन हुने छ ।
