प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोपा लिग खेल्न नपाउने भएको छ ।
क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ ।
फेडेरेसनले लगाएको प्रतिबन्धको विरुद्ध क्रिस्टल प्यालेसले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा गरेको अपिल खारेज भएको छ ।
अब क्रिस्टल प्यालेसले युरोपीयन कन्फेरेन्स लिग खेल्ने भएको छ । फेडेरेसनले क्रिस्टल प्यालेसले मल्टी क्लब वनरसिपको नियम उलंघन गरेको आरोप लगाउँदै कारवाही गरेको थियो ।
यस निर्णयबाट क्रिस्टल प्यालेसले करिब २७ मिलियन डलर गुमाउने भएको छ ।
