रेड स्टार क्लब झापा तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा शनिबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा साहारा क्लब पोखरालाई २–० गोलले पराजित गर्दै रेड स्टारले सेमिफाइनलको यात्रा तय गरेको हो ।

रेड स्टारलाई जित दिलाउन दुबै गोल सविनकुमार लुंगेलीले गरे । उनले खेलको दोस्रो हाफको ७७औं मिनेट र इन्जुरी समयमा गोल गरे ।

सविन नै खेलको खेलको म्यान अफ दि म्याच भए । उनले नगद सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबारको तेस्रो क्वार्टरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र लिजेण्ड फुटबल एकेडेमी शिलिगुडी भारतबीच हुनेछ।

लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *