नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गरेको छ ।
साविक विजेता जनकपुरले दोस्रो संस्करणको एनपिएलका लागि मार्की खेलाडी आसिफ शेखसहित ७ खेलाडीलाई रिटेन गरेको हो ।
जनकपुरले आसिफसहित, कप्तान अनिल साह, शुभ कंसाकार, किशोर महतो, ललित राजवंशी, तुलबहादुर थापामगर र रुपेश सिंहलाई रिटेन गरेको छ ।
हालसम्म चितवन राइनोज, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स र कर्णाली याक्सले रिटेन्सन लिस्ट सार्वजनिक गरिसकेका छन् ।
