धनकुटाको राजारानीमा जारी १२औं रारा गोल्डकप फुटबल प्रतियोगितामा एल एक्स सिटी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
राजारानी खेल मैदानमा मंगलबार भएको दोस्रो क्वाटरफाइनल खेलमा डाडाबजार फुटबल क्लबलाई २–० ले हराउँदै एल एक्स सिटी अन्तिम चारमा प्रवेश गरेको हो ।

एल एक्स सिटी जित दिलाउन अभिषेक ठकुरी र अरुण तामाङले गोल गरे । खेलको म्यान अफ दि म्याच एल एक्स सिटीका प्रदीप लामा घोषित भए । उनले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

प्रतियोगितामा भोली बुधबार डिफेन्डिङ च्याम्पियन सहलेस युवा क्लब सिरहा र बिर्तामोड युनाइटेड झापाबीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताको बिजेताले ७ लाख तथा उपबिजेताले ३ लाख प्राप्त गर्नेछन् ।
