सावित्रा भण्डारी ‘साम्बा’को शानदार ह्याट्रिकमा एन अभेन्ट गुइगाम्पले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन)को अन्तिम खेलमा जित निकालेको छ ।
स्टेड सेन्टर फर्मेसनमा बुधबार सम्पन्न खेलमा ग्वेन्ग्याम्पले सेन्ट–एटिएन फेमिनिन्सलाई ३–२ ले पराजित गरेको हो ।
ग्वेन्ग्याम्पकी साम्बाले तीन गोल गरिन् । सेन्ट–एटिएनका अमान्डाइन पियरे–लुइस र एडेल कोनेसनले समान एक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५४औं मिनेटमा लुइसको गोलमा एटिएनले सुरुवाती अग्रता लिएको थियो । त्यसको ३ मिनेटमा साम्बाले गोल गर्दै खेल बराबरीमा ल्याइन् ।
६१औं मिनेटमा कोनेसनले गोल गरेपछि एटिनले फेरि खेलमा अग्रता लिएको थियो । त्यसपछि ८५औं मिनेटमा साम्बाले फेरि गोल गर्दै गुइगाम्पालाई खेलमा फर्काइन् ।
यो जितपछि गुइगाम्पले २२ खेलमा ९ अंक जोडेको छ र अंकतालिकामा भने १२औं स्थान अर्थात पुछारमा रहेर यो सिजनको अन्त्य गरेको छ ।
