साउदी प्रो लिगमा अग्रता जोगाउन नसक्दा अल नासर अल इत्तिहादसँग पराजित भएको छ ।
बुधबार राति भएको खेलमा अल इत्तिहादले दुई गोलले पछि परेको स्थिति उल्टाएर अल नासरलाई ३-२ ले पराजित गरेको हो ।
अल नासरको घरेलु मैदानमा भएको खेलमा अल इत्तिहादलाई जित दिलाउन करिम बेन्जेमा, एन्गोलो कान्टे र होसेम ओआरले गोल गरे । त्यसैगरी अल नासरका लागि साडियो माने र आय्मान याहयाले गोल गरे ।
खेलको तेस्रो मिनेटमा नै मानेको गोल मार्फत अल नासरले अग्रता लिएको थियो । ३७औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे ।
तर, बेन्जेमाले ४९औं र कान्टेले ५२औं मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । खेलको इन्जुरी समयको चौथो मिनेटमा ओआरले गोल गर्दै अल इत्तिहादलाई ३-२ को जित दिलाए ।
खेलको इन्जुरी समयको सातौं मिनेटमा अल इत्तिहादका मोउसा डियाबीले रातो कार्ड पाएका थिए ।
यो जितपछि अल इत्तिहाद लिगमा ३० खेलमा ७१ अंकसहित शीर्ष स्थानमा रहेको छ भने त्यस्तै अल नासरको भने ३० खेलबाट ६० अंकसहित चौथो स्थानमा रहेको छ ।
