युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

पहिलो हाफमा १० खेलाडीमा सिमित एथ्लेटिक क्लबलाई बिहीवार युनाइटेडले ३-० ले‌ हराएको हो । एथ्लेटिकको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले दुई तथा कासेमिरोले एक गोल गरे ।

खेलको ३०औं मिनेटमा कासेमिरोको गोलमा युनाइटेडले अग्रता लिएको थियो । त्यसको सात मिनेट पछि ब्रुनोले पेनाल्टीमार्फत टोलीको अग्रता दोब्बर पारे ।

ड्यानी भिभियनले रास्मुस होइलुनलाई फल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो । भिभियनलाई भने रेफ्रिले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए ।

४५औं मिनेटमा ब्रुनोले ब्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड पहिलो हाफमा ३-० ले अघि बढ्यो । दोस्रो हाफमा थप गोल हुन नसक्दा युनाइटेड ३-० ले विजयी भयो । यी दुई टोलीबीचको दोस्रो लेग बिहीवार युनाइटेडको घरेलु मैदानमा हुनेछ ।

बिहिवार राती नै भएको अर्को सेमिफाइनलको पहिलो लेगमा टोटेनहमले बोडो/ग्लिम्टलाई ३-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *