कार्लो एन्सेलोटी ब्राजिलको राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।

हाल रियल म्याड्रिडका प्रशिक्षक रहेका एन्सेलोटीले यस सिजनको अन्त्यसंग क्लब छोड्ने भएपछि उनी ब्राजिलको प्रशिक्षक बन्न सहमत भएका हुन् ।

एन्सेलोटी जुनको पहिलो सातादेखि ब्राजिलको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्ने भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । उनको नेतृत्वमा ब्राजिलले २०२६ को विश्वकप खेल्ने भएको छ ।

६५ बर्षिय एन्सेलोटी पछिल्लो पटक २०२१ देखि रियल म्याड्रिडको प्रशिक्षक रहेका छन् । उनी यसअघि २०१३ देखि २०१५ सम्म पनि रियल मड्रिडको प्रशिक्षक थिए ।

रियल मड्रिड बाहेक उनले युभेन्टस, एसी मिलान, चेल्सी, पिएसजी, बायर्न म्युनिख, नापोली र एभर्टनको प्रशिक्षकको जिम्मेवारी सम्हालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *