टोटनह्यामले युरोपा लिगमा आफ्नो स्थान सुरक्षित गरेको छ।
आइतबार राति सम्पन्न प्रिमियर लिगको अन्तिम खेलमा रेलिगेशनमा परिसकेको शेफिल्ड युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गर्दै टोटनह्यामले शीर्ष ५ मा स्थान बनाएको हो।
जितसँगै टोटनह्यामले ६६ अंकसहित सिजन अन्त्य गरेको छ। रेलिगेशनमा परेको शेफिल्डको १६ अंंक सहित अंंक तालिकाको पुछारमा रहेको छ।
खेलको १४औं मिनेटमा डेजान कुलुसेव्स्कीले टोटनह्यामलाई शुरूआत अग्रता दिलाए। ५९औं मिनेटमा पेड्रो पोरोले अग्रता दोब्बर बनाए।
६५औं मिनेटमा कुलुसेस्कीले गोल गर्दै टोटनह्यामलाई ३-० को जित दिलाए।
