प्रिमियर लिगको अन्तिम खेलमा लिभरपुल विजयी भएको छ।

आइतबार सम्पन्न खेलमा लिभरपुलले १० खेलाडीमा सीमित उल्भ्सलाई २-० गोल अन्तरले पराजित गरेको हो।

जितसँगै तेस्रो स्थानमा लिग सक्काएको लिभरपुलले ८२ अंक जोड्यो। ४६ अंक जोडेको उल्भ्स भने १४औं स्थानमा रह्यो।

खेलको २८औं मिनेटमा नेल्सन सेमेडोले रातो कार्ड पाएका थिए। ३४औं मिनेटमा म्याक एलिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए।

४०औं मिनेटमा जेरेल क्वान्साहले गोल गर्दै लिभरपुललाई २-० को जित दिलाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *