नेपाल एपीएफ क्लब आठौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपीएफले पूर्व विजेता न्यु डायमन्डलाई २५-१७, २५-२२, २३-२५ र २५-२३ को सेटमा पराजित गर्यो ।
एपीएफकी जसना महतो ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । न्यु डायमन्ड छैटौं संस्करणको उपाधि विजेता हो भने बाँकी सबै संस्करणको उपाधि एपीएफले जितेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ भने विधागततर्फ उत्कृष्ट सेटर, डिफेन्स, सर्भर, लिबेरो, स्पाइकर र प्रशिक्षकलाई जनही २५ हजार दिइने छ । सर्वोत्कृष्ट खेलाडीको पुरस्कार मुक्तिनाथ विकास बैंक तथा विधागत उत्कृष्ट खेलाडीको पुरस्कार राष्ट्रिय वाणिज्य बैंकले प्रायोजन गरेका छन् ।
हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यो पुरस्कारमा नविल बैंकको सहयोग रहने छ । सहभागी प्रत्येक खेलाडीको ५ लाखका दरले गरिएको विमामा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले सहयोग गरेको छ । प्रतियोगिता अवधिभरको खाजाको व्यवस्था टिप टपले व्यवस्थापन गरेको छ।
अन्य सहयोगीहरुमा एभरेष्ट बैंक, ग्लोबल आईएमइ, माछापुच्छ्रे, कृषि विकास बैंक, गरिमा विकास बैंक, प्रभु बैंक, ज्योति विकास बैंक, फिट्नेस च्वाइस, बुद्ध एयर र गोकर्ण फोरेस्ट रहेका छन् ।
