डिसिर डोउको निर्णायक गोलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले शनिबार एन्जर्सलाई १-० ले पराजित गर्दै ६ खेल अगावै फ्रेन्च लिग वानको उपाधि जितेको छ ।

लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पियन बन्नका लागि १ अंक मात्र आवश्यक थियो । तर डुएले ख्विचा ख्वारात्स्खेलियाको क्रसमा ५५औं मिनेटमा गरेको भली गोलले टोलीले ३ अंक जोड्यो ।

यसअघि सन् २०१६ मा पिएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि जितेको थियो । लियोनले २००७ मा ६ खेल बाँकी छँदै सो उपलब्धि हासिल गरेको थियो ।

पिएसजीले पछिल्लो १३ सिजनमा ११औं लिग वान उपाधि हो । समग्रमा उसको यो १३औं शीर्ष डिभिजनको उपाधि हो ।

जितसँगै पिएसजीले २८ खेलमा ७४ अंक पुर्याएको छ । हालसम्म पिएसजी लिगमा अपराजित छ । दोस्रो स्थानको मोनाकोको २८ खेलबाट ५१ अंक छ । पराजित एन्जेर्स २७ अंकसहित १४ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *