नेपाल यू-१९ र अफगानिस्तान यू-१९ क्रिकेट टोलीबीच तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदै छ ।
सिरिजअन्तर्गत पहिलो खेल आज विहान ९:३० बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
यही महिना नेपालमै हुने आईसीसी यू-१९ विश्वकप छनोटको तयारीस्वरूप यस सिरिज हुन लागेको हो । विश्वकप छनोट मुलपानीमै खेलाइने छ ।
उक्त खेलहरू वाइओडिआई (यूथ वान डे इन्टरनेशनल) अर्थात् उमेर समूहको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताको हुनेछ ।
दोस्रो खेल ६ अप्रिल र तेस्रो खेल ९ अप्रिलमा हुनेछ । नेपाली यू-१९ टोलीले यसअघि दिल्लीसँगको ५० ओभरको ३ खेलको सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले क्लिन स्विप गरेको थियो ।
