नेपाली तेक्वान्दो खेलाडी जितबहादुर बोटले डब्लुटी प्रेसिडेन्ट कप गोल्ड कोस्ट (जि ३) मा रजत पदक जितेका छन् । उनले ४० वर्षमुनि पुरुष एकल पुम्सेमा रजत जितेका हुन् ।
अस्ट्रेलियाको गोल्ड कोस्टमा भएको प्रतियोगिताको सोही स्पर्धामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठले कांस्य जिते । त्यस्तै पुरुष ३० वर्षमुनि टिम पुम्सेमा मनोज श्रेष्ठ, शिशीर श्रेष्ठ र पारस भण्डारीले कांस्य जिते ।
उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायकद्वय अशोक खड्का र बब्लु सिवाकोटीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
