काठमाडौं । तेस्रो बागमती प्रदेश खेलकुद २०२६ अन्तर्गत महिला क्रिकेट प्रतियोगिताको उपाधि काठमाडौंले जितेको छ ।
गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा चितवनलाई ७ विकेटले पराजित गर्दै काठमाडौं च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । चितवनका लागि हेलिशा गुरुङले अविजित ४७ तथा लक्ष्मी मायारुम्बा लामाले ३८ रनको योगदान दिइन् ।
१०० रनको लक्ष्य पछ्याएको काठमाडौंले १७।३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । कञ्चन श्रेष्ठले ४२ रनको इनिङ्स खेल्दै टोलीलाई जित दिलाइन् । कञ्चन श्रेष्ठ प्लेयर अफ द म्याच घोषित भइन्। यस्तै, उषा भण्डारीले २६ बलमा १७ रन बनाइन् ।
