स्पेनिस ला लिगामा बार्सिलोनाले जिरोनामाथि फराकिलो जित हासिल गरेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ४-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन रोबेर्ट लेवानडोस्कीले दुई तथा फेरान टोरेस एक गोल गरे । एक गोल भने आत्मघाती उपहार स्वरुप प्राप्त भयो । जिरोनाका लागि अर्नाउट डान्जुमाले एक गोल फर्काए ।

खेलको ४३औं मिनेटमा जिरोनाका लाडिसलाभ क्रेचीले आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लिएको थियो । तर डान्जुमाले ५३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याउँदै लेगानेसलाई खेलमा फर्काए ।

त्यसपछि भने बार्सिलोनाले ३ गोल थप्यो । पोलिस फरवार्ड दुई गोल गर्दै बार्सिलोनालाई अग्रतामा ल्याए । लेवान्डोस्कीले ६१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । उनले नै ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ८६ औं मिनेटमा टोरेसले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे ।

यस जितपछि बार्सिलोनाले शीर्ष स्थानमा फेरि ३ अंकको स्पष्ट अग्रता बनाएको छ । बार्सिलोनाको २९ खेलबाट ६६ अंक भएको छ । समान खेलबाट ६३ अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । पराजित जिरोना २९ खेलमा ३४ अंकका साथ १३औं स्थानमा रहेको छ ।

अब बार्सिलोनाले बुधवार एट्लेटिको म्याड्रिड कोपा डेल रे सेमिफाइनलको दोस्रो लेग खेल्नेछ । पहिलो लेगमा ४-४ को बराबरी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *