सुनसरी । सुनसरीको पचिरामा श्री दिप ज्योति युवा क्लबको आयोजनामा आगामि चैत्र १७ गतेदेखि दोस्रो शिल्ड कप समैयाघाट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको सम्पूर्ण खेल दुहबी नगरपालिका-७ स्थित पचिरामा रहेको समैयाघाटमा खेल मैदानमा हुने आयोजक क्लबका अध्यक्ष पुनम चौधरीले जानकारी गराए ।

प्रतियोगितामा कुल १२ टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको उद्घाटन खेलमा एमवाईसी बेलबारी र फर्सही एफसी भिड्नेछन् ।

प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद १० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

त्यस्तै, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, सार्वधिक गोलकर्ता र इमर्जिङ खेलाडीलाई पनि उचित पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *