भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बन्द प्रशिक्षणमा ४२ खेलाडी बोलाएको छ ।

एन्फा कम्प्लेक्समा आयोजित तीन दिने छनोट कार्यक्रमपछि टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले ४२ खेलाडी बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

प्रशिक्षक उर्जनले एक साताअघि ५८ जना खेलाडीलाई नेपाली यु-१९ राष्ट्रिय फुटबल टोली छनोटका लागि बोलाएका थिए । जसबाट चैत १० देखि १२ गतेसम्म ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संचालन भएको थियो।

मे ९ देखि १८ सम्म भारतमा हुने साफ अण्डर-१९ च्याम्पियनसिप प्रतियोगितामा ६ टोली सहभागी छन् । नेपालले श्रीलंकासँग खेल्दै साफ अण्डर-१९ च्याम्पियनसिप २०२५ को शुरुवात गर्नेछ ।

समूह ‘बी’ अन्तर्गतको नेपाल र श्रीलंकाबीचको खेल मे ११ मा हुनेछ । भारतको अरुणाञ्चल प्रदेशस्थिग गोल्डेन जुब्ली रशंगशालामा हुने यो खेल नेपाली समयानुसार बेलुकी ७:४५ मा शुरु हुनेछ । नेपालले दोश्रो खेल मे १३ मा घरेलु टोली भारतसँग खेल्ने छ ।

प्रतियोगिताको उद्घाटन खेलमा बंगलादेश र माल्दिभ्स भिड्ने छन् । साफ यु-२० को रुपमा भएको यो प्रतियोगिताको गत संस्करणमा नेपाल उपविजेता बनेको थियो। घरेलु मैदानमै भएको गत संस्करणको फाइनलमा नेपाल बंगलादेशसँग ४-१ गोल अन्तरले पराजित भएको थियो ।

सन् २०१५ र २०१७ गरि नेपालले अहिलेसम्म दुई पटक यो प्रतियोगिताको उपाधि जितेको छ । गत संस्करण पनि नेपाली टोलीको जिम्मेवारी प्रशिक्षक उर्जनले नै सम्हालेका थिए ।

नेपालको प्रारम्भिक टोलीः

गोलकिपरः भक्तबहादुर परियार, विक्रम विष्ट, विशेष बानिया, पेम्बा नोर्बु भोटे, रोजन प्रधान, उपेन्द्र लवान

डिफेन्डरः एकराज विश्वकर्मा, करण तामाङ, कृष्ण बहादुर आले, कृष मगर, कुसाङ नेम्वाङ, लच्छु थापा, मदन पौडेल, निशान बान्तवा, प्रशान्त मोक्तान, राम थामी, राम थापा, रोहन मोक्तान, रोनेश मगर, रोशन तामाङ, सविनय कटुवाल, समिर थापा, सरोज दर्लामी, सिद्धान्त खड्का, सुजलमान घले

मिडफिल्डरः अलिक श्रेष्ठ, विज्ञान खड्का, विनायक थारु, धर्मेन्द्र कुँवर, लक्ष्मण थामी, मिचल थापा, रञ्जित लामा, सविन लुंगेली मगर, समिर कुमार

फरवार्डः विजय उर्वा, विक्रम गौतम, ग्रेमन श्रेष्ठ, पवन पाखरिन, प्रसुन तामाङ, सुवास बम, सुदीप मोक्तान, सुजन डंगोल

Leave a Reply

Your email address will not be published. Required fields are marked *