नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली काठमाडौं रेजर्सले जर्सी सार्वजनिक गरेको छ ।

काठमाडौंले तेस्रा संस्करणको एनएसएलमा खेलाडीले लगाउने जर्सी मङ्गलबार सार्वजनिक गरेको हो । जर्सीको रङ्ग रातो र सेतो रहेको छ।

काठमाडौँ रेजर्सका मालिक, मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डलगायतले एक कार्यक्रमबीच जर्सी सार्वजनिक गरे ।

काठमाडौ पहिलो संस्करणको विजेता हो । एनएसएलको तेस्रो संस्करण यही चैत १६ गते शनिबार देखि सुरु हुँदैछ । जहाँ काठमाडौं रेजर्ससहित ७ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

काठमाडौंले उद्घाटन खेलमा साविक विजेता ललितपुर सिटी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । रोहन कार्की मार्की रहेको काठमाडौंले यसअघि नै मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डलाई अनुबन्ध गरिसकेको छ ।

काठमाडौं रेजर्सको टोली:

गोलकिपर : अभिषेक बराल, मौसम मगर, चेइख गुएय

डिफेण्डर : कुलदिप कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, अन्जल महर्जन, पुष्कर खड्का, बकारी माने, अलीजोन अलिजोनोभ

मिडफिल्डर : रोहन कार्की, दिपेश गुरुङ, दिनेश हेन्जन, भरत चौधरी, पेम्बा दोर्जी लामा, भिन्सेन्ट कोजिएला, अमदोउ डिओप

फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चापागाईँ, मोहम्मद बुया तुरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *