पोर्चुगल डेनमार्कसँँग पराजित

२०८१, ७ चैत्र शुक्रबार ०९:४७

युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा डेनमार्कसँग पोर्चुगल पराजित भएको छ ।

डेनमार्कले बिहीवार पोर्चुगलमाथि १-० को जित हासिल गरेको हो । घरेलु मैदानमा भएको खेलमा डेनमार्कका लागि रास्मस होज्लुन्डले गरेको गोल निर्णायक हुन पुग्यो ।

रास्मसले खेलको ७८औं मिनेटमा टोलीका लागि निर्णायक गोल गरे । यि दुईबीचको दोस्रो लेगको खेल मार्च २४ मा पोर्चुगलमा हुनेछ ।

त्यस्तै क्वाटरफाइनलको अर्को खेलमा क्रोएसियाले फ्रान्सलाई २-० ले र जर्मनीले इटालीले २-१ ले हरायो । नेदरल्याण्ड्स र स्पेनले भने २-२ गोलको बराबरी खेले ।  

नेसन्स लिग प्ले अफ

नेसन्स लिगको प्ले अफमा अर्मेनियालाई जर्जियाले ३-०, टर्कीलाई हंगेरीले ३-१ ले, स्कटल्याण्डले ग्रीसलाई १-० ले हराएको छ ।

अस्ट्रिया र सर्बिया १-१ को बराबरीमा रोकिदा स्लोभाकिया र स्लोभेनिया गोलरहित बराबरीमा रोकिए । युक्रेनले बेल्जियमलाई ३-१ ले , आयरल्याण्डले बुल्गेरियालाई २-१ ले र कोसोभोले आइसल्याण्ड २-१ ले पराजित गर्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *