कालाबन्जर (सुनसरी ) । सुनसरी इटहरीको द योङ ब्रदर्श क्लब आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हनामी भरतपुर फुटबल क्लब चितवनलाई ४–२ ले हराउँदै द योङ ब्रदर्श उपाधि नजिक पुगेको हो ।

वराहक्षेत्र-५ कालाबन्जरस्थित श्री भरौल जडेज खेल मैदानमा भएको खेलमा द योङ ब्रदर्शलाई जित दिलाउन बफोर, फोफोना, एलेक्स र मौसम लिम्बुले गोल गरे ।

पराजित हनामीका लागि भने इटो र प्रवेश दनुवारले गोल गरे । खेलको म्यान अफ द म्याच द योङ ब्रदर्शका सबिन घिमिरे  घोषित भए । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बिहिवारको दोस्रो सेमिफाइनल खेल कञ्चनजंघा फुटबल क्लब सिलिगुढी (भारत) र नेपाल पुलिस क्लब काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ ।

चैत्र ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल आठ टोली सहभागी छन् । न्यु स्टार क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ तथा उपविजेता हुने टोलीलाई २ लाख रुपैयाँसहित नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गरिनेछ ।

प्रतियोगिता अवधिमा उत्कृष्ट खेलप्रदर्शन गर्ने सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र तथा विद्यागत उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र सार्वधिक गोलकर्तालाई जनही १०-१० हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *