लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।
आज बागमती प्रदेश र गण्डकी प्रदेशबीच बीच खेल हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुने छ ।
जारी प्रतियोगितामा बागमतीले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ भने गण्डकी प्रदेशले पनि एक जित र ३ हार बेहोरेको छ ।
त्यस्तै आज अर्को खेल कर्णाली प्रदेश र कोशी प्रदेश भिड्दैछन् । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ ।
जारी प्रतियोगितामा कर्णाली प्रदेशले ४ खेलमा एक जित र तीन हार बेहोरेको छ भने कोशी प्रदेशले ५ खेलमा एक जित र ४ हार बेहोरेको छ ।
पिएम कपमा अहिलेसम्म नेपाल पुलिस क्लब ५ खेलमा अपराजित रहँदै १० अंकसहित शिर्ष स्थानमा छ भने त्रिभुवन आर्मी क्लब पनि ५ खेलमा अपराजित रहँदै १० अंकका साथ नै दोस्रो स्थानमा रहेको छ ।
