आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को आयोजक पाकिस्तानलाई भारतका कारण ७३९ करोडको घाटा भएको छ । पाकिस्तानले २९ वर्षको लामो पर्खाइपछि आईसीसी प्रतियोगिताको आयोजनाको जिम्मेवारी पाएको थियो । तर भारतले पाकिस्तानमा खेल्न नजाने भनेपछि हाइब्रिड मोडलको आधारमा च्याम्पियन्स ट्रफीका खेल खेलाइएको थियो ।

हाईब्रिड मोडलमा च्याम्पियन्स ट्रफी २०२५ को आयोजना हुने भएपछि १० खेल पाकिस्तान र ५ ठूला खेल दुबईमा आयोजना भएका थिए । जसमा तीन समुह चरणका खेल र सेमिफाइनल तथा फाइनल समेत समावेस थिए ।

पाकिस्तानमा आयोजना भएका १० खेलमध्य तीन खेल बर्षाले प्रभावित हुँदा टस समेत हुन सकेनन् । परिणाम, पाकिस्तानले टीकटको रकम समेत फिर्ता गर्नु परेको थियो । अर्कोतर्फ भारत फाइनलमा पुग्दा फाइनल खेल समेत दुबईमा आयोजना हुदा पाकिस्तानलाई हरेक क्षेत्रबाट ठूलो घाटा लागेको थियो । त्यस्तै पाकिस्तानी टोली च्याम्पियन्स ट्रफीको समुह चरणबाटै आउट हुनुले पाकिस्तानले अर्को ठूलो घाटा व्यहोर्नु परेको थियो ।

द टेलिग्राफको रिपोर्ट अनुसार पाकिस्तान क्रिकेट बोर्ड (पीसीवी) ले च्याम्पियन्स ट्रफीको लागि ठूलो खर्च गर्दै रावलपीण्डी, कराची र लाहोरको क्रिकेट स्टेडियमलाई नयाँरुप दिन ५६० करोड रुपैया खर्च गरेको थियो । जुन वास्तविक बजेट भन्दा ५० प्रतिशत थियो । त्यस्तै तयारीको लागि पाकिस्तानले ३४७ करोड अलग्लै खर्च गरेको थियो ।

यसरी पाकिस्तानले च्याम्पियन्स ट्रफीका लागि कुल ८६९ करोड गरेपनि टिकट र होस्टिङवाट कुल आम्दानी ५२ करोड मात्र गरेको थियो । यो आम्दानीलाई हेर्दा पाकिस्तानले ७३९ करोडको घाटा व्यहोर्नु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *