इटालियन सिरी ‘ए’ मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई पराजित गरेको छ ।

इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरका लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे ।

५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । खेलको ८१औं मिनेटमा एटलान्टाका एडर्सन दोस्रो पहेँलो कार्ड मैदान बाहिर भए ।

८७औं मिनेटमा लउटारोले गोल गर्दै इन्टरको जित सुनिश्चित गरे । खेलको ९०औं इन्टरका एलेसान्द्रो बास्तोनी पनि दोस्रो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।

जितसँगै इन्टर २९ खेलबाट ६४ अंकका साथ शीर्ष स्थानमा छ । उसले दोस्रो स्थानमा रहेको नापोलीलाई ३ अंकले पछि पारेको छ । एटलान्टा भने २९ खेलमा ५८ अंक छ ।

अन्य खेलमा नापोली भेनेजासँग गोल रहित बराबरीमा रोकिदा बोलोग्नाले लाजियोमाथि ५-० को जित हात पार्यो । फिरोन्टिनोले युभेन्टसलाई ३-० ले तथा रोमा १-० ले विजयी भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *