सहिद स्मारक बी डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) ले विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा बिग्रेड ब्वाइजले श्रीकुमारी क्लबलाई २–१ ले पराजित गरेको हो ।

ब्रिगेड ब्वाइजको जितमा आशिष गुरुङले दुई गोल गरे । आशिषले १५औं र ४९औं मिनेटमा गोल गरेका थिए । कुमारीका प्रणय गुरुङले ६१औं मिनेटमा गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै बिग्रेड ब्वाइजले तीन अंक जोडेको छ । आजै भएको पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराएको थियो ।

लिगअन्तर्गत भोलि पनि दुई खेल हुनेछन् । भोलि टुसाल युथ क्लब र मध्यपुर युथ एसोसिएसन तथा रानी पोखरी कर्नर टिम (आरसिटी) र श्री भगवती क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *