जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखले अप्रत्याशित हार बेहोरेको छ ।

शनिवार राती भएको खेलमा तालिकाको पहिलो स्थानको बायर्नले रेलिगेसनमा रहेको भिएफल बोचुसँग ३-२ को आश्चर्यजनक हार बेहोर्नु परेको हो ।

घरेलु मैदानमा बायर्नले राफेल गुरेरोको लगातारको दुई गोलमार्फत सहज जिततर्फ अघि बढेको थियो । तर ३१औं मिनेटमा जाको मेडिकले भली प्रहार गर्दै जाली चुमाइदिएपछि रेलिगेसनबाट जोगिन संघर्षरत बोचुम खेलमा फर्कियो ।

खेलको ४०औं मिनेटमा जब बायर्न १० खेलाडीमा सीमित भयो तब बोचुम खेलमा फर्कियो । जोआओ पाल्हिन्हाले जियोर्गोस मासोरासलाई खतरनाक ट्याकलको लागि सिधै रातो कार्ड देखाए ।

त्यसयता ५१औं मिनेटमा सिसाको र ७१औं मिनेटमा बेरोले गोल गरेपछि खेल बोचुमले जित्यो र बायर्नसँग महत्त्वपूर्ण तीन अंक खोस्न सफल बन्यो ।

जितपछि बोचुम रेलिगेसन जोनबाट एक स्थान माथि अर्थात् रेलिगेसन प्लेअफमा पुगेको छ । उसले २५ खेलबाट २० अंक जोडेको छ ।

हारको बाबजुद पनि बायर्न २५ खेलबाट ६१ अंकका साथ शीर्ष स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *