फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले सहज जित निकालेको छ । 

शनिवार राति भएको खेलमा रेनेसलाई ४-१ ले हराउँदै पिएसजीले शीर्ष स्थानको अग्रता बलियो पारेको हो ।

रेनेसको घरेलु भएको खेलमा पिएसजीलाई जित दिलाउन ओसमान डेम्बेलेले दुई तथा ब्राड्ली बारकोला र गोनजालो रामोसले समान एक गोल गरे । रेनेसका लागि लिलियन ब्रासियरले सान्त्वना गोल फर्काए ।

खेलको २७औं मिनेटमा बारकोलाले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ५०औं मिनेटमा रामोसले टोलीको अग्रता दोब्बर पारे ।

तर, तीन मिनेटपछि ब्रासियरको गोलले रेनेसलाई खेलमा फर्कायो । खेलको इन्जुरी समयको पहिलो र चौथौं मिनेटमा डेम्बेलेले लगातार दुई गोल थप्दा पिएसजी ४–१ ले विजयी भयो ।

जितसँगै पिएजसी २५ खेलमा ६५ अंकका साथ शीर्ष स्थानमा कायम रहेको छ । पराजित रेन्नेसको समान २५ खेलमा २९ अंकका साथ ११औं स्थानमा रहेको छ । ६५ अंकका साथ पिएसजी शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको मार्सेलीको ४९ अंक रहेको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *