नटिङघम फरेस्टले इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीलाई पराजित गरेको छ ।
शनिबार साँझ भएको खेलमा नटिङहमले सिटीलाई १-० गोलले पराजित गरेको हो । नटिङघमको जितमा क्यालम हड्सन ओडोईले गरेको एकमात्र गोल नै निर्णायक बन्यो ।
सिटी ग्राउन्डमा घरेलु टोली नटिङघमलाई जित दिलाउन ओडोईले ८३औं मिनेटमा मोर्गन गिब्स ह्वाइको पासमा गोल गरेका थिए ।
सिटीले पछिल्ला पाँच लिग खेलमध्ये तीनमा हार बेहोरेको छ ।
जितसँगै २८ खेलमा ५१ अंक जोडेको नटिङघम तेस्रो स्थानमा छ । पराजित सिटी समान खेलबाट ४७ अंकका साथ चौथो स्थानमा छ ।
