ब्राजिलका पूर्वकप्तान नेयमार करिब १८ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका छन् ।
३३ वर्षीय स्ट्राइकरलाई प्रशिक्षक डोरिवाल जुनियरले यस महिनाका विश्वकप छनोट खेलका लागि टोलीमा समावेश गरेका हुन् ।
ब्राजिलले मार्च २० मा ब्राजिलियामा कोलम्बिया तथा मार्च २५ मा ब्युनस आयर्समा अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ ।
३३ वर्षीय नेयमारले अक्टोबर २०२३ मा उरुग्वेविरुद्धको खेलमा घाइते भएयता राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका थिएनन् ।
उनी जनवरीमा बाल्यकालीन क्लब सान्तोस फर्किएका थिए । त्यसयता उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो पुरानो लयमा फर्किन प्रयास गरिरहेका नेयमारलाई समेट्दै मुख्य प्रशिक्षक डोरिभाल जुनियरले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
पाँचपल्टको विश्व विजेता ब्राजिल हाल १० टोली रहेको दक्षिण अमेरिकी छनोटमा १८ अंकसहित पाँचौं स्थानमा छ ।
ब्राजिलियन टोली
गोलकिपरः एलिसन ब्रेकर, बेन्टो, एडरसन
रक्षकः भान्डरसन, विस्ली, लियो ओर्टिज, ड्यानिलो, गाब्रियल म्यागाल्हेस, मार्किन्होस, मुरिलो, गुइल्हेर्मे अराना
मिडफिल्डरः आन्द्रे, ब्रुनो गुइमारेस, गेर्सन, जोलिन्टन
फरवार्डः नेयमार, एस्टेभाओ, जोआओ पेड्रो, राफिन्हा, रोड्रिगो, भिनिसियस जुनियर, सभिन्हो, म्याथ्युज कुन्हा
