नवनियुक्त मुख्य प्रशिक्षक म्याट रोसले ३० जना खेलाडीलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाएका छन् ।

रोसले सिंगापुरसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र मलेसियाविरुद्धको एएफसी एसियन कप छनोट खेलका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका हुन् ।

नेपालले मार्च २१ मा सिंगापुरसँग खेल्नेछ भने मार्च २५ मा मलेसियासँग क्वालिफायर प्रतिस्पर्धा गर्नेछ । एक वर्षको कार्यकालको लागि आइतवार नियुक्ति पछि रोसको यो पहिलो खेल हुनेछ ।

प्रारम्भिक टोली

गोलरक्षकः किरणकुमार लिम्बु, विशाल सुनार, दीप कार्की, अभिषेक बराल, अन्जल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, छिरिङ लामा, रोहित चन्द, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अञ्जन राई, अभिषेक लिम्बु, आशिष गुरुङ, अशोक खवास

मिडफिल्डरः लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, आयुष घलान, कृतिश रत्न छिन्जु

फरवार्डः गिलेस्पे जंग कार्की, अन्जन विष्ट, समिर तामाङ, दिनेश हेन्जन, सुवास ठकुरी बम, निरजन धामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *