नवौं संंस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरु हुँदैछ ।

सहिद रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच हुनेछ ।

उद्घाटन खेल आयाेजक माेरङ ११ र त्रिभुवन आर्मी क्लबबीच तय भएकाे थियाे । तर आर्मी क्लबले आज केपी ओली कपकाे फाइनल खेल्ने भएपछि आयाेजक र  कोलकाताकाे टाेलीबीच प्रतिस्पर्धा हुन लागेकाे हाे ।

आजको खेल बेलुका ५ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा २ भारतीयसहित १० वटा टोलीको सहभागिता रहने छ ।

‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । उनका अनुसार खेल हेर्नका लागि टिकटदर २ सय रूपैयाँ तोकिएको छ । एउटा टिकट काट्दा २ हजार रुपैयाँसम्मको फाइदा हुने दाबी रिजालको छ ।

प्रतियोगिताको विजेता टोलीलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार पाउनेछन् । उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने रिजालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *