नेयमार चम्कँदा सान्तोस सेमिफाइनलमा

२०८१, १९ फाल्गुन सोमबार ०८:३९

नेयमारको उत्कृष्ट प्रदर्शनमा ब्रागान्टिनोलाई पराजित गर्दै सान्तोस ब्राजिलको स्टेट फुटबल प्रतियोगिता पाउलिस्टा ए १ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार बिहान भएको क्वाटरफाइनल खेलमा पाहुना टोली ब्रागान्टिनोलाई २-० ले हराउँदै सान्तोसले अन्तिम चारको यात्रा तय गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सान्तोसको जितमा नेयमार नायक बने । उनके एक गोल गरे भने अर्को गोलका लागि सहयोग गरे ।

खेलको नवौं मिनेटमा नेयमारले फ्रिकिकमार्फत गोल गर्दै सान्तोसलाई अग्रता दिलाएका थिए । त्यसपछि ५६औं मिनेटमा जोआओले टोलीको अग्रता दोब्बर पारे । त्यसपछि थप गोल हुन नसक्दा सान्तोस २-० ले बिजयी भयो ।

नेयमारले सान्तोसका लागि खेलेका पछिल्ला ४ खेलबाट ३ गोल र ३ असिस्ट गरिसकेका छन् । उनले सुरुआती ३ खेलमा भने गोलविहीन र असिस्टविहीन बन्नुपरेको थियो ।

सान्तोसले अब सेमिफाइनलमा कोरिन्थियन्स, पाल्मेइरास वा साओ पाउलो एफसी र नोभोहोरीजन्टिनोबीचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *