एस्टन भिल्ला एक दशकपछि एफए कपको क्वार्टरफाइनलमा पुगेको छ ।

भिल्ला पार्कमा शुक्रबार राति भएको खेलमा कार्डिफ सिटीलाई २–० ले पराजित गर्दै भिल्लाले अन्तिम आठमा स्थान पक्का गरेको हो ।

एस्टन भिल्लाको जितमा दुवै गोल मार्को असेन्सियोले दोस्रो हाफमा गरेका हुन् । 

पहिलो गोलमा उनले ६८औँ मिनेटमा बायाँ विंगबाट मार्कस रासफोर्डको कटब्याक पास पाए र सहज रूपमा बल जाली चुमाए । त्यसको १२ मिनेटपछि उनैले बल पोस्टभित्र छिराए ।

जितसँगै एस्टन भिल्ला १० वर्षपछि पहिलोपटक एफए कपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ । एस्टन भिल्ला सन् २०१४-१५ को सिजनपछि पहिलोपटक एफए कपको क्वार्टरफाइनल पुगेको हो । 

एफए कपको अन्य पाँचौं राउन्डका खेलहरू शनिबार र आइतबार हुनेछन् । त्यसपछि क्वार्टरफाइनलको ‘ड्र’ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *