काठमाडौँमा जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेल आज हुँदै छ ।

आज केपी एफसी क्लब र मछिन्द्र एफसी बीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा साझ ५ बजे देखि सुरु हुने छ ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २-१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।

फागुन १९ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउनेछन् । हरेक खेलको विजेता टोलीले २५ हजार र प्लेयर अफ द म्याचले १५ हजार पाउनेछ ।

राष्ट्रिय युवा संघ नेपाल का उपाध्यक्ष एबम प्रवक्ता कृष्णहरि केसी अनुसार फाल्गुन १९ मा कुमा सागर एण्ड ख्वपा , पुर्ण राइ एण्ड दाजु भाइ को प्रस्तुति रहने छ भने सन् २००६ मा इटालीलाई फिफा विश्वकप जिताएका गोलकिपर जियानलुजी वुफोन फाइनल हेर्न नेपाल आउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *