अग्रता जोगाउन नसक्दा एसी मिलान पराजित

२०८१, १६ फाल्गुन शुक्रबार ०७:५८

इटालियन सिरी ‘ए’ मा एसी मिलान अग्रता जोगाउन नसक्दा बोलोग्नासँँग पराजित भएको छ ।

बिहिवार राती भएको खेलमा बोलोग्नाले एक गोलले पछि परेको स्थिति उल्टाएर एसी मिलानलाई २-१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा बोलोग्नालाई जित दिलाउन स्यान्टियागो क्यास्ट्रो र ड्यान न्डोएले गोल गरे । मिलानका लागि राफाएल लिआओले गोल गरे ।

खेलको ४३औं मिनेटमा लिआओको गोलमार्फत मिलानले अग्रता लिएको थियो । तर, ४८औं मिनेटमा क्यास्ट्रोले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए ।

८२औं मिनेटमा न्डोएले निर्णायक गोल गर्दा बोलोग्ना २-१ ले विजयी भयो ।

जितपछि २६ खेलबाट ४४ अंक जोडेको बोलोग्ना छैटौं स्थानमा उक्लेको छ । पराजित मिलान समान २६ खेलबाट ४१ अंकका साथ आठौं स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *