दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको उपाधिका लागि आयोजक भद्रपुर ब्लेजर्स र झापा-११ बीच आज मेची रङ्गशालामा प्रतिस्पर्धा हुँदैछ ।
झापा-११ ले भुटानको डागा युनाइटेड फुटबल क्लबलाई पराजित गर्दै फाइनलमा आफ्नो यात्रा सुनिश्चित गरेको हो । बंगलादेशको काउर्न बाजार प्रगति संघलाई हराउँदै आयोजक ब्लेजर्स पनि फाइनलमा पुगेको हो ।
प्रतियोगितमा स्वदेशीसहित भारत, भुटान र बंगलादेशका गरी कुल १० टोली सहभागी थिए ।
विजेता टोलीलाई रु १३ लाख तथा उपविजेतालाई रु सात लाख नगद प्रदान गरिनेछ । प्रतियोगिताभरिको सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख पाँच हजार पाउनेछ ।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले नगद २५ हजार पाउनेछ। प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद २१ हजार दिइनेछ ।
