लिभरपुलका प्रशिक्षक आर्ने स्लटलाई इङ्लिस प्रिमियर लिगका दुई खेलमा प्रतिबन्ध लगाइएको छ ।
स्लटले फेब्रुअरी १२ मा गुडिसन पार्कमा एभरटनसँग २-२ को बराबरीमा रोकिएपछि रेफ्री माइकल ओलिभरसँग विवाद गरेका थिए । जसका कारण उनलाई रातोको कार्ड देखाइएको थियो ।
प्रतिबन्धका कारण स्लट बुधबार न्युक्यासलविरुद्ध टच लाइनमा देखिएका थिएनन् । यसैगरी उनले मार्च ८ मा हुने साउथह्याम्प्टनविरुद्धको खेल पनि गुमाउने छन् ।
