६ वटा राष्ट्रिय खेल संघलाई निलम्बन गर्न सिफारिस गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को फागुन १२ गते मंगलबार बसेको कार्यसमितिको बैठकले उक्त सिफारिस गरेको हो ।

स्रोतका अनुसार कार्यसमिति बैठकले निलम्बनका लागि सिफारिस गरेको राष्ट्रिय खेल संघहरुमा नेपाल ब्याडमिन्टन संघ, नेपाल टेनिस संघ, नेपाल साइक्लिङ संघ, नेपाल एथलेटिक्स संघ, नेपाल जिम्न्यास्टिक संघ र नेपाल भारोत्तोलन संघ रहेका छन् ।

कार्यसमितिले निलम्बनको लागि सिफारिस गरेका ६ वटा राष्ट्रिय खेल संघको बारेमा भोलि फागुन १४ बस्ने राखेपको बोर्ड बैठकले अन्तिम निर्णय गर्ने स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *